नेकपा एस निकट बुद्धिजीवि, शिक्षक र दलित सङ्गठन गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एस निकट बुद्धिजीवि, शिक्षक र दलित सङ्गठन गठन

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०७८, शनिबार

    दमाैली । नेकपा एकीकृत समाजवादी निकट तनहुँमा बुद्धिजीवि, शिक्षक र दलित सङ्गठन गरिएको छ । शनिबार आयोजित भेलाले बुद्धिजीवि परिषद्, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्लास्तरीय र नेपाल दलित उत्पीडित सङ्गठनको व्यास नगर स्तरीय समिति गठन गरेको हो ।

    नेपाल बुद्धिजीवि परिषद्को अध्यक्षमा हरिबहादुर कार्की चयन भएका छन् । परिषद्को उपाध्यक्षमा झलक पौडेल, सचिवमा दिपक ढकाल, उपसचिवमा भानु चापागाइँ चयन भएका छन् । परिषद् ३१ सदस्यीय रहेको छ ।

    यस्तै प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा सुरेन्द्र खनाल चयन भएका छन् । उपाध्यक्षमा अम्बिका पाण्डे, सचिवमा प्रताप गैह्रे, उपसचिवमा केबी थापा चयन भएका छन् । नेपाल दलित उत्पीडित सङ्गठन नगर स्तरीय कमिटीको अध्यक्षमा बलिन्द्र विश्वकर्मा चयन भएका छन् । उक्त कमिटी २५ सदस्यीय छ ।

    नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य रनसिं नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनुमाया श्रेष्ठ, सचिव श्रीराम कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिवालय सदस्य विष्णु खड्काले गरेका थिए ।