मनोनित केन्द्रीय सदस्य अस्वीकृत गर्न पौडेलसमक्ष गुरुको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मनोनित केन्द्रीय सदस्य अस्वीकृत गर्न पौडेलसमक्ष गुरुको माग

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७८, आईतवार

    काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले नेता रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यको मनोनयन अस्वीकृत घोषणा गर्न माग गरेका छन्।

    महाधिवेशनको प्रक्रियाबाट अलग बसेको व्यक्ति, राजनीतिक इमान र नैतिकताको प्रश्न उठाउने व्यक्तिले सामेल नभएको महाधिवेशनबाट चुनिएको सभापति मनोनयनलाई कसरी स्वीकार्न मिल्छ भन्दै घिमिरेले प्रश्न उठाएका हुन्। 

    ‘नेपाली कांग्रेसको बिधान बमोजिम सभापति शेरबहादुर देउवाले केही नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएको छ। मनोनयनमा पर्नहुने सबै नेताहरुलाई धेरै धेरै बधाई छ । तर यस मनोनयनले सभापतिज्यूको साझा सभापति बन्ने घोषणालाई भने खण्डन गरेको छ। यसैगरी चौधौं महाधिवेशनको प्रक्रियाबाट अलग्गिनु भएका आदरणीय नेता रामचन्द्र पौडेलले यो मनोनयनलाई कसरी स्वीकार्नु होला भन्ने गम्भीर प्रश्न उठेको छ।महाधिवेशनको प्रकृयाबाट अलग बसेको व्यक्ति मनोनीत हुन कसरी मिल्छ ?’ घिमिरेले सामाजिक संजालमार्फत भनेका छन्, ‘फेरि राजनीतिक इमान र नैतिकताको प्रश्न उठाउने व्यक्तिले सामेल नैं नभएको महाधिवेशनबाट चुनिएको सभापतिको मनोनयनलाई स्वीकार्न कसरी मिल्छ ? हामी सबै उहाँबाट मनोनयनको अस्वीकृतिको घोषणाको प्रतिक्षामा छौं। जय नेपाल ।’

    देउवाले शनिबार १० नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । 

    देउवाले केन्द्रीय सदस्यमा सभापतिमा पराजित प्रकाशमान सिंह, विमलेन्द्र निधि, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, सुजाता कोइराला, महामन्त्रीमा पराजित डा। प्रकाशशरण महतलाई मनोनित गरेका थिए ।  

    त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा। नारायण खड्का, उमा रेग्मी, मीनबहादुर विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।