पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७८, आईतवार

    काठमाडौ । बुटवलबाट पाल्पाको रिडीतर्फ शव बोकेर गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

    दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए ।