प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार भट्टराई र बास्तोलालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार भट्टराई र बास्तोलालाई

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७८, आईतवार

    दमाैली । प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कार प्रकाशचन्द्र भट्टराई र बसन्ती बास्तोलालाई प्रदान गरिने भएको छ । शाखाको आइतबार बसेको बैठकले प्रेस चौतारीका केन्द्रीय सदस्य भट्टराई र अग्रज पत्रकार बास्तोलालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    विविध कारणले नियमित हुन नसकेकाले यस पटक दुवै जनालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको शाखाका अध्यक्ष नारायण खड्काले जानकारी दिए । पुरस्कारको राशी रु दश हजार रहेको छ । शाखाको पुस २८ गते आयोजना हुने जिल्ला अधिवेशनको अवसरमा पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । सोही अवसरमा शाखाका पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

    शाखाको अधिवेशनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । उपाध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति, सचिव कृष्ण न्यौपानेको संयोजकत्वमा प्रचारप्रसार समिति, केन्द्रीय सदस्य समुन्द्र पौडेलको संयोजकत्वमा सम्मान समिति, सदस्य सुनिता आचार्यको संयोजकत्वमा अतिथि सत्कार समिति र सम्झना रसाइलीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ ।

    बैठकले प्रेस चौतारी नेपालको केन्द्रीय समितिमा मनोनित हुनुभएका नारायण खड्का र समुन्द्र पौडेललाई बधाई ज्ञापन गर्नुका साथै उपाध्यक्ष राजकुमार श्रेष्ठको पिताको निधनप्रति समवेदना व्यक्त गरेको छ ।