दुलेगाैडा । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा रहेको आँधीमूल मन्दिर । हरिबोधिनी एकादशीको दिनमा मात्रै भक्तजनले भरिभराउ हुने मन्दिर परिसरको सुन्दरताले आन्तरिक पर्यटकलाई लोभ्याउन सफल भएपछि पर्यटकीय गन्तव्य बनेको छ ।
यहाँ तनहुँसँगै गोरखा र लमजुङ लगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गर्दछन् । पछिल्लो समय आँधीमुल मन्दिर ‘पिकनिक स्पट’ बनेको छ । तस्बिर : विनोद ढुंगाना