सचिवमा पराजित सुनार जिल्ला सदस्यमा मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सचिवमा पराजित सुनार जिल्ला सदस्यमा मनोनित

    खबरपुञ्ज संवाददाता

    १७ पुष २०७८, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तनहुँ जिल्ला सचिवमा पराजित केशबहादुर सुनार जिल्ला सदस्यमा मनोनित भएका छन् । जिल्ला सभापति जितप्रकाश आलेले आइतबार सुनारलाई जिल्ला सदस्यमा मनोनित भएका हुन् ।

    काङ्ग्रेसको विधान, २०१७ को धारा १२ को उपधारा ५ (ख) २ बमोजिम सुनारलाई सदस्यमा मनोनित गरिएको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

    सभापतिका उम्मेदवार वैकुण्ठ न्यौपानेको प्यानलबाट सुनार सचिवको उम्मेदवार थिए ।

    यसअघि श्यामराज उप्रेती, विश्व बास्तोला, मिरा जोशी, हरि वाग्ले, हुतमणि अधिकारी र डम्बरबहादुर अधिकारी सदस्यमा मनाेनित भइसकेका छन् ।