दमाैली । तनहुँको व्यास नगरपालिका–११ दरैपधेंरामा एक युवकको हत्या भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ का ३४ वर्षीय किरण कुमार गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक युवराज खड्काले घटना सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । “उनको हत्या भएको हो, अनुसन्धान गरिरहेका छौ,” उनले भने ।
प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ परेपनि उनको विवरण भने खुलाएको छैन । आज बिहान घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको टाउकोमा चोट लागेको छ ।