दमौली । दमौलीस्थित मादी नदी पुलबाट हाम फाल्दा शनिबार दिउँसो एक महिलाको मृत्यु भएको छ । व्यास-३ र व्यास-५ जोड्ने मादी नदी पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुने महिलाको नामथर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।