शिक्षा विकास समन्वय इकाई प्रमुखले भने, ‘राजनीतिक पहुँचमा काम गरिँन’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षा विकास समन्वय इकाई प्रमुखले भने, ‘राजनीतिक पहुँचमा काम गरिँन’

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०७८, शनिबार

    दमाैली । शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्माले राजनीतिक पहुँचमा काम नगरेको बताएका छन् । तनहुँबाट सरुवा भई जाँदै गर्दा शर्माले आफ्नो कार्यकालमा भएका केही कामको बारेमा जानकारी गराएका छन् ।

    त्यसक्रममा शर्माले राजनीतिक पहुँचको आधारमा गर्न नहुने काम नगरेको उल्लेख गरेका छन् । उनले भे, “राजनीतिक विचार र सत्ता शक्तिको आधारमा ऐन, नियम भन्दा बाहिरको कार्य गर्ने र साधारणको नियमपूर्वक गर्नुपर्ने कार्य नगर्ने तथा नियम विपरितका कार्य गर्ने गरेका छैनौं ।”

    शिक्षक सरुवा लगायतका कार्यमा रकम नउठाएको दावी गर्दै राजश्व लगायतका शुल्क बैंक भौचर मार्फत् लिने प्रणाली स्थापित गरिएको उनले जानकारी दिए । शिक्षकले पाउने उपपरीक्षण, विद्यार्थीले पाउने छात्रबृत्ति लगायतका भुक्तानीहरु पनि बैङ्कमार्फतमात्र गर्ने पद्धति बसाल्न सफल भएको उनले दावी गरेका छन् ।

    यसअवधिमा सञ्चारकर्मीले शिक्षा सुधारलाई महत्व दिई गरेको कार्यप्रति उनले आभार व्यक्त गरेका छन् ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।