दमाैली । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले चौथो चरणको गृहजिल्ला भ्रमण तालिका सार्वजनिक गरेका छन् ।
यस पटकको जिल्ला भ्रमणमा जाेशीले विपी विचार समाज तनहुँद्वारा आयोजित १० वटै पालिका स्तरीय अधिवेशनमा सहभागिता जनाएका छन् ।
दशवटै पालिकास्तरीय अधिवेशन सम्पन्न गरी सकेपछि दुई वटै क्षत्रीय अधिवेशन सम्पन्न हुने र तत्पश्चात समाजको जिल्ला अधिवेशन हुने समाजका सचिव हरिशरण पण्डितले जानकारी दिए ।
स अघि तेस्रो चरण सम्ममा नेता जोशीले क्षेत्र नम्बर १ अन्र्तगतको ४२ वटै वडामा एक सय भन्दा धेरै स्थानमा कोण सभा गरिसकेका छन्क्नु । काँग्रेस तनहुँका सस्थापक सचिव जोशीलाई गरेको कारबाहीबाट तनहुँ काँग्रेसले नराम्रोसँग घुँडा टेक्न सक्ने विपी विचार समाजको तर्क छ ।
सचिवालयका अनुसार फागुन ९ गते पहिलो दिन व्यास नगरपालिका स्तरीय भेलामा सहभागी हुने कार्यक्रम छ । १० गते दुलैगौडामा शुक्ला गण्डकी नगर पालीका स्तरीय भेलामा सहभागी हुनेछन् । ११ गते भानु नगरपालिका भन्सारमा भानु नगर स्तरीय भेला, १२ गते थर्पु, वेलटारमा म्याग्दे गाउँपालीका स्तरीय भेला, १३ गते आवुखैरेनीमा आँबुखैरेनी गाउपालिका स्तरीय भेलामा सहभागी हुनेछन् । यसैगरी १४ गते घिरिङमा घिरिङ गाउँपालिका स्तरीय, १५ गते ऋषिङमा सो गाउँपालिका स्तरीय भेला हुने कार्यक्रम छ । त्यसैगरी १६ गते दमौली भेटघाट, १७ गते भिमादमा भिमाद नगरपालिका स्तरीय, १८ गते बन्दीपुरमा गाउँपालिका स्तरीय भेला र अन्तिम दिन फागुन १९ गते देवघाटमा देवघाट गाउँपालिका स्तरीय भेलामा सहभागी हुने कार्यक्रम छ ।