दमौली । नेपाल शिक्षक सङ्घ तनहुँका अध्यक्षका दावेदार ज्ञानेन्द्र न्यौपानेले आफ्ना योजना सार्वजनिक गरेका छन् । फागुनमा हुने सङ्घको अधिवेशनमा अध्यक्षका दावेदार न्यौपानेले आफूले गर्न सक्ने योजना सार्वजनिक गरेका हुन् ।
शिक्षक पेशालाई मर्यादित र व्यवस्थित बनाउन शिक्षकहरुको नै अग्रसर रहनुपर्ने भन्दै उनले शिक्षकहरूको पेशागत सुरक्षाको ग्यारेण्टी गर्न र गुणस्तरमा सुधार गर्न शिक्षकहरुको भूमिका रहने उल्लेख गरे ।
सबै प्रकारका शिक्षकहरुलाई किन एउटै प्रकारको शिक्षक बनाउन, शिक्षक पेशामा समर्पित सबै प्रकारका शिक्षकहरुलाई स्थायित्व प्रदान गर्न, बाल विकासका शिक्षक र विद्यालय कर्मचारीहरूको दरबन्दी किन सिर्जना गर्न, बाल विकासका शिक्षक र विद्यालय कर्मचारीहरुलाई स्थायित्व प्रदान गर्ने काम विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिने शिक्षा ऐन र नियमावली बनाउन पहल गर्ने न्यौपानेले बताए ।
अस्थायी, करार , राहत, साविक उमावि र अनुदान कोटामा कार्यरत शिक्षकहरुलाई उमेरको हद नलगाउन, शिक्षक कल्याणकारी कोषको व्यवस्था राज्यबाट नै गर्न पहल गर्ने उनले बताए ।