बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७८, सोमबार

    बुटवल । बुटवलमा सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

    दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् । दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन् ।

    उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको लुम्बिनी ट्राफिक प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए । बुटवल–१२ तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि रोकेर राखेको लु२ख ९७७२ नम्बरको ट्रकमा लु३च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । कारमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ ।