दमौली : एमसिसीको विरोधमा बुधबार दमौलीमा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र हाम्रो नेपाल हामी नेपालीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
सो क्रममा एमसिसीलाई राष्ट्रघाती भन्दै खारेज गर्न माग गरिएको थियो। संविधानभन्दा माथि एमसिसी हुन नसक्ने भन्दै एमसिसीको विरोधमा जनता सडकमा आउनुपर्नेमा सो अवसरमा जोड दिइएको छ ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका इन्चार्ज पूर्णजित पुन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष पुष्पलाल श्रेष्ठ लगायतले एमसिसी देशको हितमा नरहेको बताए ।