घरेलु हिंसामा परेकी वृद्धाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घरेलु हिंसामा परेकी वृद्धाको उद्धार

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७८, बुधबार

    दमाैली । घरेलु हिंसामा परेकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मिनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ । छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुने गरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आबद्ध मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेको पहलमा वृद्धाको उद्धार गरी उपचार थालिएको हो ।

    गैह्रेले नै ती वृद्धालाई उद्धार गरी बुधबार स्वास्थ्यचौकी पु¥याउनुभएको छ । गैह्रे सहितका स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय नारेश्वरटारमा गई कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरी समेत दिएका छन् । प्रहरीले आमालाई कुटपिट गर्ने छोरालाई पक्राउ गरी दैनिकी हाजिरीमा रिहा गरेको छ । पीडितको टाउको, ढाँड, र खुट्टमा चोट लागेको छ । भानु आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घाइतेको उपचार गरेका छन् ।

    आमालाई निर्घात कुटपिट गर्ने विक्रमलाई कारवाहीको माग गर्दै वडा नम्बर १ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रे लगायतले इलाका प्रहरी कार्यालय नारेश्वरटारमा उजुरी दिएका छन् । प्रहरीले भने विक्रम छारे रोगी भएको भन्दै दैनिक तारेखमा आउने गरि रिहा गरेको छ । इलाका प्रहरी कार्यालय भानुका इन्चार्ज प्रकाश भुषालले छारे रोगी भएको कारण हिरासतमा राख्न समस्या भएकाले दैनिक तारेखमा राखिएको बताए।

    यसैबीच घाइते वृ्ृद्धाको थप उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तर्फबाट रु पाँच हजार उपलब्ध गराइएको छ । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले भानु आधारभुत स्वास्थ्य केन्द्रमा पुगेर घाइते वृद्धालाई उक्त रकम उपलब्ध गराएका हुन् । सोक्रममा इन्सेक प्रतिनिधि भट्टराईले घाइतेको अवस्थाको बारेमा जानकारी लिई अभियुक्तलाई भएको कानुनी कारवाहीको बारेमा इप्रका भानुका इन्चार्ज भुषालसँग जानकारी लिएका थिए ।