दमाैली । महाशिवरात्री पर्वको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका–२ काफ्लेथोकमा १६ फिट अग्लो शिवको मूर्ति प्रतिस्थापन गरिएको छ । तीन दिनअघि ल्याइएको उक्त मूर्ति शिवरात्रीको अवसर पारेर आज प्रतिस्थापन गरिएको हो । उक्त मूर्ति नेपालकै दोस्रो अग्लो ठूलो भएको दावी गरिएको छ ।
स्थानीयवासी रमेश काफ्ले र दिनेश काफ्लेले उपलब्ध गराएको पाँच रोपनी क्षेत्रफलमा मूर्ति प्रतिस्थापन गरिएको छ । जनहित पिताम्बर सामुदायिक संस्थाले उक्त ठाउँलाई धार्मिक पर्यटनको केन्द्र बनाउन उक्त मूर्ति राखेको हो ।
रु १५ लाखको लागतमा मूर्ति निर्माण गरिएको बताइएकाे छ ।