तनहुँ महोत्सवमा आज पशुपति शर्मा र एलिना चौहानको प्रस्तुति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ महोत्सवमा आज पशुपति शर्मा र एलिना चौहानको प्रस्तुति

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०७८, आईतवार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा जारी आठौ तनहुँ महोत्सवमा आज चर्चित गायक पशुपति शर्माको प्रस्तुति रहने भएको छ। महोत्सवको चौथो दिन गायक शर्माको प्रस्तुति रहने महोत्सवका कलाकार संयोजक कुमार मल्लले जानकारी दिए ।

    त्यस्तै गायिका एलिना चौहानको पनि आज प्रस्तुति रहनेछ। राष्ट्रिय स्तरका चर्चित कलाकारको आगमनले दर्शकको उपस्थिति बढ्ने आयोजकको विश्वास छ।