दमाैली । स्थानीय तह निर्वाचनलाई लक्षित गरी तनहुँमा काङ्ग्रेसका वडा समितिका भेला सुरु भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटका लागि सिफारिस गर्ने उद्देश्यसहित सबै वडा समितिले भेला सुरु गरेका हुन् ।
भेलामा स्थानीय तहमा उठ्न चाहनेहरुको आकाङ्क्षा बुझ्ने तयारी छ । काङ्ग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्रको बैठक बसी सिफारिस गर्न निर्देशन दिइएको छ । उनका अनुसार वडा कार्यसमितिले चैत २० गतेसम्म बैठक बसी २१ गते उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ ।