नेपाल बारको चुनाव : तनहुँबाट ५९ मत खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल बारको चुनाव : तनहुँबाट ५९ मत खस्यो

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७८, शनिबार

    दमाैली । नेपाल बार एशोसिएसनको २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तनहुँबाट ५९ मत खसेको छ । नेपाल बार एशोसिएसन तनहुँ कार्यालयमा निर्धारण गरिएको मतदान केन्द्रबाट ५९ मत खसेको हो ।

    यहाँ तनहुँ सहित लमजुङ र गोरखाका कानुन व्यवसायीले मतदान गरेको नेपाल बार एशोसिएसन तनहुँका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिए । तीन जिल्लामा बारका ६५ मतदाता रहेका छन् ।

    तनहुँका ४७ मतदाता रहेकामा ४२, लमजुङका दश मतदाता रहेकामा नौ र गोरखाका आठ मतदाता रहेकामा आठ जनाले नै मतदान गरेका छन् । उनका अनुसार मतगणनाका लागि मतपेटिका काठमाडाै पठाइनेछ ।

    नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।