जङ्गली च्याउ खाँदा म्याग्देमा दश बिरामी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जङ्गली च्याउ खाँदा म्याग्देमा दश बिरामी

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७८, शनिबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा जङ्गली च्याउ खाँदा आज दश जना बिरामी परेका छन् । सोही ठाउँका ४६ वर्षीया पार्वती थापा र २४ वर्षीया सरिता थापाले जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा दश जना बिरामी भएका हुन् ।

    खानासँग तरकारीका रुपमा च्याउ खाँदा उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । बिरामी परेकालाई दमौलीस्थित व्यास नगर अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि पोखरा पठाइएको छ ।

    च्याउ खाएर बिरामी पर्नेमा सोही ठाउँका २७ वर्षीया सविता थापा, छ वर्षीया जेनिशा थापा, ४५ वर्षीय पदुमाया थापा मगर, चार वर्षीय जेन्स थापा, २६ वर्षीया बासना थापा, ४६ वर्षीया पार्वती थापा, २२ वर्षीय सुमन थापा, छ वर्षीय प्रिन्स थापा, २४ वर्षीया सरिता थाप र ४७ वर्षीय पदम थापा रहेको प्रहरीले जनाएको छ ।