काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन् ।
तनहुँ भानु नगरपालिका–७ वतन भएकी २७ वर्षीया सोबिता नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।