


दमौली । नेपाली कांग्रेस व्यास नगरपालिका-२ का क्रियाशील सदस्य एवं क्षेत्रीय प्रतिनिधि सूर्यभक्त अधिकारीले पार्टी परित्याग गरेका छन् । अधिकारीले आइतबार व्यास नगर सभापतिलाई राजिनामा बुझाएका हुन् ।
सत्तारुढ दलबीच गठबन्धन गर्ने केन्द्रीय नीतिको विरोध गर्दै अधिकारीले राजिनामा दिएका हुन् । कांग्रेस राजनीतिक आदर्श र सिद्धान्तबाट विचलित भएकाले आफूले पार्टीबाट राजिनामा दिएका हुन् ।
