व्यासकाे मेयरमा पार्वती र वडाध्यक्षमा सागरकाे स्वतन्त्र उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासकाे मेयरमा पार्वती र वडाध्यक्षमा सागरकाे स्वतन्त्र उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७९, आईतवार

    दमाैली । आसन्न स्थानीय तहको निर्वाचनका लागि व्यास नगरपालिकामा मेयर पदकाे पहिलाे उम्मेदवारी दर्ता भएकाे छ । व्यास नगरपालिका-९ निवासी पार्वती कार्कीले मेयरकाे उम्मेदवारी दर्ता गराएकी हुन् ।

    यस्तै वडाध्यक्षमा सागर घिमिरेले पहिलाे उम्मेदवारी दर्ता गराएका छन् । व्यास नगरपालिका–१० का युवा सागर घिमिरेले स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि घिमिरेले जनप्रतिनिधि भनेको मालिक नभई सेवक भएको उल्लेख गर्दै जनताको सेवाको गर्ने प्रमुख दायित्व रहेको बताए ।

    डिजिटल तथा भन्झटमुक्त वडा, उद्यमशील समाज तथा रोजगारी, जीवन उपयोगी शिक्षा, सर्वसुलभ स्वास्थ्य, सुविधायुक्त वडा, भ्रष्टाचारमुक्त वडा बनाउने आफ्नो प्रतिबद्धता घिमिरेले सार्वजनिक गरेका छन् ।