व्यासको प्रमुखमा तीनको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको प्रमुखमा तीनको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७९, आईतवार

    दमौली । आसन्न स्थानीय तह निर्वाचनका लागि व्यास नगरपालिकाको प्रमुखमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको कार्यतालिका बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार तीन जनाले नगरप्रमुखको उम्मेदवारी दर्ता गराएका हुन् ।

    व्यास नगरपालिका–९ निवासी पार्वती कार्की, व्यास नगरपालिका–५ निवासी अनिता थापा र व्यास नगरपालिका–११ निवासी रमेश आचार्यले प्रमुखको उम्मेदवारी दर्ता गराएका छन्। कार्कीले स्वतन्त्र, थापाले मङ्गोल नेशनल अर्गनाइजेशन र आचार्यले विवेकशील साझा पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

    यसैगरी विवेकशील साझाबाट उपप्रमुखमा हसिना बानुकाे उम्मेदवारी परेकाे छ ।

    व्यास नगरपालिका–१०का सागर घिमिरेले स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए ।

    जिल्लाका दशवटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको छ । सोमबार साना राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । ठूला राजनीतिक दलले भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।