व्यासको मेयरमा वृषराज र वडाध्यक्षमा राकुको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासको मेयरमा वृषराज र वडाध्यक्षमा राकुको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७९, सोमबार

    दमौली । व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । व्यास-२ निवासी श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हुन् ।

    यसैगरी व्यास-२ को वडाध्यक्षमा स्वतन्त्रबाट राजकुमार श्रेष्ठ (राकु) को उम्मेदवारी परेको छ।