दमाैली । व्यास नगरपालिकाको मेयरमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिनेमा २२ वर्षदेखि ७२ वर्षसम्मका उम्मेदवार छन् ।
व्यास नगरपालिकाको मेयरमा नेकपा एमालेको समर्थनमा गोविन्दराज जोशी समूह, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् ।
व्यासको मेयरमा २२ वर्षीया मंगोल नेशनल अर्गनाइजेशनकी अनिता थापा मगरले उम्मेदवारी दर्ता गरेकी छन् । यसैगरी ७२ वर्षीय वृषलाल श्रेष्ठले स्वतन्त्र रुपमा व्यासको मेयरमा उम्मेदवारी हालेका छन् । श्रेष्ठ नेपाली कांग्रेस निकट हुन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका ४२ वर्षीय अतिन्द्रकेशरी न्यौपाने, नेकपा मालेकी २५ वर्षीया अन्जना थापा, एमालेको समर्थनमा ५२ वर्षीय दिपकराज जोशी, राप्रपाका ३६ वर्षीय दौलत अधिकारी, स्वतन्त्रबाट ४८ वर्षीय धनबहादुर परियार, स्वतन्त्रबाट ६० वर्षीया पार्वती कार्की, नेपाली कांग्रेसबाट ६२ वर्षीय वैकुण्ठ न्यौपाने, जनमुक्ति पार्टीबाट ३७ वर्षीया मिना थापाको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी मौलिक जरोकिलो पार्टीबाट ४९ वर्षीय रमेश पौडेल, विवेकशील साझा पार्टीबाट ३८ वर्षीय रमेशप्रसाद आचार्य, नेकपा एकीकृत समाजवादीबाट ५५ वर्षीय शंकरनारायण श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।