जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७९, बुधबार

    काठमाडौ । सरकारले जेठ १ देखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् ।

    सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको उनले बताए । साथै परीक्षणका रुपमा बिहान ९:३० देखि सॉझ ५:३० सम्म कार्यालय सन्चालन गर्ने निर्णय भएको कार्कीले जानकारी दिए ।