कांग्रेसले खोल्यो व्यासको चुनावी कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    कांग्रेसले खोल्यो व्यासको चुनावी कार्यालय

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७९, बुधबार

    दमौली । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले व्यास नगरपालिकामा चुनावी कार्यालय सञ्चालन गरेको छ। व्यास-३ मा बुधबार सञ्चालन गरिएको कार्यालयको नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले उद्घाटन गरे ।

    सो अवसरमा आलेले व्यास नगरपालिकामा कांग्रेसले जित्नपर्ने बताए । कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, व्यासका प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपाने, विभिन्न वडाका अध्यक्षका उम्मेदवार लगायतको उपस्थिति थियो ।