कांग्रेस नेता मानकाजीद्वारा राजिनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस नेता मानकाजीद्वारा राजिनामा

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७९, बुधबार

    दमौली । नेपाली कांग्रेसका नेता मानकाजी श्रेष्ठले पार्टीबाट राजिनामा दिएका छन् । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार राजिनामा दिएका हुन् ।

    पूर्व महाधिवेशन प्रतिनिधि श्रेष्ठ बन्दीपुरको अध्यक्षको आकांक्षी थिए । कांग्रेसबाट ध्रुवलाल प्रधानले टिकट पाएका छन् । श्रेष्ठले क्रियाशील सदस्य समेत नरहने गरी राजिनामा बुझाएका छन्।

    श्रेष्ठसँगै बन्दीपुर-१ का दानबहादुर खड्का,रेशमबहादुर थापाले पनि राजिनामा दिएका छन् ।