यस्ता छन् भिमाद–९ मा एमालेको प्रतिबद्धता (पुर्ण पाठ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यस्ता छन् भिमाद–९ मा एमालेको प्रतिबद्धता (पुर्ण पाठ)

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७९, बुधबार
    Bhimad-9-Ghosana-Patra-News

    दुलेगौँडा : आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले भिमाद–९ ले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वडाको प्रतिबद्धता पत्र बुधबार नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष इमानबहादुर थापाले सार्वजनिक गरेका हुन् ।

    प्रतिबद्धता पत्रमा उत्पादन र उद्यमशिलता विकासलाई जोड दिईएको छ । वडाबासीको चेतनाकोस्तर, आर्थिकस्तर र जिवनस्तर सुधारमा केन्द्रित हुने वडाध्यक्षका उम्मेद्वार रनबहादुर थापाले बताए । पाँच बर्षमा कम्तिमा वडाको एउटा गाउँलाई नमुना बनाउने उनको भनाई छ ।

    ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि कृषि र पशुपालनमा लाग्न प्रोत्साहित गर्दै स्वरोजगार र आत्मानिर्भर बनाउन जोडबल हुनेछ । वैदेशिक रोजगारीमा जानैपर्ने युवाहरुको बाध्यात्मक परिस्थितीको अन्त्य गर्नतर्फ लाग्नेछौँ’, उनले भने । ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम लागु गरिनुका साथै किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणको व्यवस्था मिलाउने योजना रहेको उनले बताए ।

    वडाबासीलाई अति आवश्यक आधारभुत आवश्यकता घनिभुत छलफलको माध्यमबाट पहिचान गर्दै समाधानतर्फ उनले बताए । ‘हाम्रो पाँच बर्षे कार्यकाल दिगो शान्ति र दिर्घकालिन प्रभाव रहने योजनामा केन्द्रित रहनेछ । जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु हाम्रो प्राथमिकतामा सदैव पर्नेछ’, पाँच बर्षे प्रतिबद्धता उल्लेख गर्दै उनले भने । वडा कार्यालयले दिने सेवा बारे जानकारी लिनलाई निशुल्क टोल फ्रि नम्बरको व्यवस्था, मन्टेश्वरी शिक्षा, घरेलु उत्पादनको ब्राण्डिङ प्रतिबद्धता पत्रमा समेटिएका छन् ।

    स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा रनबहादुर थापा, खुला वडा सदस्यमा शिवकुमार आले, रुद्रबहादुर क्षेत्री, खुला महिला सदस्यमा ओमकुमारी थापा र दलित महिला सदस्यमा दिलमाया बसेलले उम्मेद्वारी दिएका छन् । गत निर्वाचनमा वडाको सबै पदमा एमालेले जित हासिल गरेको थियो ।