उम्मेदवारी फिर्ता नलिने भरतपुरका बागीकाे अडान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उम्मेदवारी फिर्ता नलिने भरतपुरका बागीकाे अडान

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७९, बिहीबार

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेललाई फकाउन नेताहरुको दौडधुप जारी छ । उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म चितवन पुगेका छन् । श्रेष्ठले आज बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरे ।

    तर पौडेल भने उम्मेदवारी फिर्ता नलिने अडानमा अहिलेसम्म कायमै छन् । राज्यमन्त्री श्रेष्ठलाई भेटिसकेपछि अनलाइनखबरसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नलिने बरु चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताए । आफूले भन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने उनले बताए ।