तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना : एकजनाको मृत्‍यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना : एकजनाको मृत्‍यु

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७९, बिहीबार

    मुस्ताङ ।  तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ भने २८ जना घाइते भएका छन् ।

    तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एकजनाको मृत्‍यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।

    उनले भने, ‘बेनीमा तीर्थ यात्री बोकैको बस दुर्घटना भएको छ। एकजनाको स्कुटर चालकको बसको ठक्करबाट मृत्‍यु भएको छ भने २८ जना घाइते भएका छन्। उहाँहरुको उपचार भइरहेको छ।’