दमौली । आमाको सम्झनामा व्यास नगरपालिका-१ हाइस्कूलटार निवासी छोरा सनम तामाङ र छोरी शर्मिला तामाङले वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गरेका छन् ।
मातातीर्थ औसीको अवसर पारेर उनीहरुले व्यास-५ चापाघाटस्थित आश्रमलाई १५ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन्।
आश्रममा रहेका बुबाआमाहरुको पालनपोषणमा सहयोग पुगोस् भन्नका लागि सहयोग गरेको सनम तामाङले बताए ।
आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले सबैको सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको बताए।