दमाैली । क्यान महासंघ गण्डकी प्रदेशको आयोजनताा राष्ट्रिय संचार तथा सूचना प्रविधि दिवसकाे अवसरमा तनहुँको दमौलीमा एकदिने डिजिटल प्रविधि सम्वन्धी कार्यक्रम भएको छ ।
क्यान गण्डकीका अध्यक्ष तुलसीराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको गोष्ठिमा क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुवंरले प्रविधिले विश्वमा धेरै फड्को मारेता पनि नेपालमा भने यसको प्रयोग र महत्वको बारेमा अझै पनि जानकारी नहुनु दुखद रहेकाे बताए । अबकाे युग डिजिटल युगको भएको हुँदा क्यानले आम जगतलाई यसको महत्वको बारेमा बुझाउन भूमिका खेल्नुपर्नेमा उनले जाेड दिए ।
प्रविधिकाे अपरिहार्यता र यसको सही सदुपयोगले जीवन नै सहज बनाएकाे नेपाल दुरसंचार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले बताए ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, क्यान महासंसका पूर्व केन्द्रीय सदस्य अशोक बहादुर राना लगायतले सुचना र प्रविधिका महत्वका बारेमा प्रकाश पारेका थिए ।