आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०७९, आईतवार

    काठमाडौं । सरकारले १६ महिना जुनियर एआईजीलाई आईजीपी बनाएपछि सिनियर एआईजीहरू अदालत जाने भएका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका हुन् ।

    अदालत खुल्नेबित्तिकै सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारीमा रहेको एक एआईजीले बताए ।

    सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापालाई जिल्याउँदै सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।