दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको विरोध गर्नु भनेको केपी ओलीलाई बलियो बनाउनु रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेसले आइतबार दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस कमजोर रहेकाले गठबन्धन गर्नुपरेको औंल्याए ।
गठबन्धनले नोक्सान नगरेको भन्दै पौडेलले जनमत कमजोर रहेको कांग्रेसलाई बलियो बनाउन गठबन्धन आवश्यक रहेको चर्चा गरे । प्रतिगमनतर्फ लैजान चाहने शक्तिको विरुद्ध प्रगतिशिल गठबन्धन गरिएको भन्दै पौडेलले गठबन्धनको विषयमा द्विविधामा नरहन कार्यकर्तालाई आग्रह गरे ।
काङ्ग्रेससँग भएको जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको भन्दै उनले गठबन्धनले काङ्ग्रेसलाई फाइदा पुग्ने बताए । “२३ सिटमा रहेको काङ्ग्रेसलाई ९३ सिटमा पु¥याउन गठबन्धन गरिएको हो, यसले काङ्ग्रेसलाई नै बलियो बनाउनेछ,” उनले भने ।
सबैको सहयोग लिएर काङ्ग्रेसलाई बहुमतमा पु¥याउनका लागि गठबन्धन गरिएको भन्दै संविधानको रक्षा र परिवर्तनलाई जोगाउन गठबन्धन आवश्यक रहेको जिकिर गरे ।