


दमौली । व्यास नगरपालिका-२ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ (राकु) ले घरदैलो अभियान सुरु गरेका छन् । निर्वाचन चिन्ह प्राप्त गरेपछि श्रेष्ठले आइतबारदेखि घरदैलो अभियान सुरु गरेका छन् ।
नेपाली कांग्रेसबाट वडाध्यक्षका आकांक्षी श्रेष्ठले आधिकारिक टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।