व्यास नगरपालिकाले इज्जत र प्रतिष्ठा गुमाएको छ : नेता जोशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाले इज्जत र प्रतिष्ठा गुमाएको छ : नेता जोशी

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०७९, सोमबार

    दमौली । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले व्यास नगरपालिकाले इज्जत र प्रतिष्ठा गुमाएको बताएका छन् । नेकपा एमाले र जोशी समूहको व्यास नगरपालिका-२ मा स्थापना गरिएको चुनावी कार्यालयको सोमबार उद्घाटन गर्दै जोशीले पॉच वर्षको अवधिमा व्यासले इज्जत कमाउने केही काम गर्न नसकेको आरोप लगाए ।

    गुमेको इज्जत र प्रतिष्ठा फर्काउनका लागि दीपकराज जोशी नेतृत्वमा उम्मेदवार चुनावमा होमिएको उनले बताए । व्यास नपामा दीपकराज जोशी नेतृत्वका उम्मेदवारको जित निश्चित भइसकेको भन्दै उनले भने, ‘जित सुनिश्चित भइसकेको छ, घोषणा मात्र हुन बॉकी छ ।’

    नेपाली कांग्रेसका नेताहरुको अभिव्यक्ति सुन्दा उनीहरुले हार स्वीकार गरिसकेको जोशीले बताए ।

    कांग्रेसले देशभर अप्राकृतिक गठबन्धन गरेको भन्दै जोशीले कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्छु भन्दा कारवाही गरिएको बताए ।

    कार्यक्रममा नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकालले व्यासमा यो पटक नेतृत्व परिवर्तन हुने दावी गरे ।