दमाैली । तनहुँको व्यास नगरपालिका–५ कन्टारमा होटल सञ्चालन हुँदै टहरामा आगजनी भएको छ । लामो समयदेखि होटल सञ्चालन हुँदै आएको उक्त टहरामा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट टहरा पूर्ण रुपमा नष्ट भएको छ । आगजनीबाट करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको सञ्चालक दिलमाया सुनारले जानकारी दिइन् । राति कोही नभएको बेला आगजनी भएको थियो ।
सुनारले उक्त ठाउँमा जग्गा भाडामा लिई होटल सञ्चालन गर्दै आएकी थिइन् । आगजनीको घटनाबारे प्रहरीमा जानकारी गराइएको छ । आगलागी कसले गर्यो भन्नेमा थाहा नभएको प्रहरीले जनाएको छ ।