दमाैली । मौन अवधिमा मतदाता प्रभावित पार्न व्यास नगरपालिका–१२ छिर्कने पुगेका एक उम्मेदवारको गाडी स्थानीयले नियन्त्रणमा लिएका छन् । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न आएको भन्दै स्थानीयवासीले उम्मेदवारको गाडी नियन्त्रणमा लिएका हुन् ।
प्रहरी नायब उपरिक्षक युवराज खड्काले प्रहरी टोली घटनास्थल पुगिसकेको जानकारी दिए । ‘एउटा गाडी राेकेका छन्, स्थानीयले ल्याउन दिएका छैनन्,’ उनले खबरपुञ्जसँग भने ।
उक्त गाडीमा काे थियाे भन्ने जानकारीमा आउन सकेकाे छैन । प्रहरीले पनि यसबारेमा केही बताउन चाहेन ।