रिस्ती घटनाको छानबिन गर्न कांग्रेसको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रिस्ती घटनाको छानबिन गर्न कांग्रेसको माग

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७९, शनिबार

    दमौली । नेपाली कांग्रेस तनहुँले व्यास-८ रिस्तीमा शुक्रबार भएको घटनाको छानबिन गर्न माग गरेको छ। कांग्रेस सभापति जितप्रकाश आलेले शनिबार प्रेस विज्ञप्ती प्रकाशित गरी उक्त घटनाको न्यायिक छानबिन गर्न माग गरिएको हो ।

    विज्ञप्तीमा भनिएको छ, ‘स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले मतपत्र च्यात्ने क्रममा मतदान स्थलमा खटिएका सुरक्षाकर्मी र मतदाताले रोक्ने क्रममा भएको झडपका घटनाको विषयलाई कांग्रेस पार्टीसँग जोडेर अनर्गल प्रचार गर्ने कार्य भएको छ ।’