आँबुखैरेनी । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्ष सहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ ८५१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका किसन थापाले ४१५ मत प्राप्त गरे । उनी निवर्तमान वडाध्यक्ष समेत हुन् ।
सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले ७५२, कुमारबहादुर मगरले ७४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले ७५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले ८०८ मत प्राप्त गरी विजयी भएका छन् ।
२०७४ काे निर्वाचनमा याे वडा नेपाली काग्रेसले जितेकाे थियाे ।