बन्दीपुर । बन्दिपुर गाउँपालिका–४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी भएका छन् ।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त गरे। सदस्यहरूमा नेकपा एमालेका रवि श्रेष्ठ सात सय एक, भिम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।