घिरिङ । घिरिङ गाउँपालिका–२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरे।
महिला सदस्यमा नेकपा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुल्ला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।