म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मणिभद्र वाग्ले विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार वाग्ले छ सय ९९ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गरे । स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले दुई सय ८१ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका मीनबहादुर थापा छ सय ३८, नेकपा एमालेका मिनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा नेकपा एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा नेकपा एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् ।
२०७४ काे निर्वाचनमा याे वडामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेकाे थियाे ।