भिमाद । भिमाद नगरपालिका–३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेले वडाध्यक्ष सहित सदस्य जितेको हो ।
आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार एमालेका पदमबहादुर सेन ठकुरी छ सय ३१ मत प्राप्त गरी विजय भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धनबहादुर थापाले पाँच सय चार मत प्राप्त गरे ।
महिला वडा सदस्यमा एमालेका उमा कुमालले ५९३, दलित महिला सदस्यमा एमालेकै सुमित्रा विकले पाँच सय ९०, खुल्ला सदस्यमा नारायण आलेले पाँच सय ७७ र बसन्तसिंह ठकुरीले पाँच सय ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ काे निर्वाचनमा याे वडामा नेपाली काङ्गग्रेसले जित हासिल गरेकाे थियाे ।