तनहुँमा वडाको नतिजा : एमाले पहिलो, दोस्रोमा काङ्ग्रेस (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा वडाको नतिजा : एमाले पहिलो, दोस्रोमा काङ्ग्रेस (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०७९, आईतवार

    दमाैली । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका वडाहरुमा नतिजा आउने क्रम जारी छ । आइतबार बिहान ९ः४५ बजेसम्म जिल्लाका १२ वडाको नतिजा सार्वजनिक भएको छ ।

    सार्वजनिक नतिजामध्ये नेकपा एमाले छ वडामा विजयी हुँदै पहिलो हुन सफल भएको छ । पाँच वडा जितेको नेपाली काङ्ग्रेस दोस्रो भएको छ भने एउटा वडा जितेर नेकपा माओवादी केन्द्र तेस्रो भएको छ ।

    एमालेले जितेका वडाहरु

    म्याग्दे–३ को वडाध्यक्षमा एमालेका अधिकारी विजयी

    मतपरिणाम अनुसार म्याग्दे गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका टुकराज अधिकारी विजयी हुनुभएको छ । ६ सय ६१ मत प्राप्त गरी अधिकारी विजयी हुनुभएको छ ।

    उहाँका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका लेखराज लामिछानेले ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो ।

    यसैगरी खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, नेकपा एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा नेपाली काङ्ग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा नेकपा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    बन्दीपुर–४ मा एमालेको प्यानल विजयी

    बन्दिपुर गाउँपालिका–४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

    प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त गर्नुभयो । सदस्यहरूमा नेकपा एमालेका रवि श्रेष्ठ सात सय एक, भिम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    घिरिङ–२ मा एमालेको प्यानल विजयी

    घिरिङ गाउँपालिका–२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

    प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गर्नुभयो ।

    महिला सदस्यमा नेकपा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुल्ला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

    म्याग्दे–१ मा एमालेका मणिभद्र विजयी

    तनहुँको म्याग्दे गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मणिभद्र वाग्ले विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार वाग्ले छ सय ९९ मत प्राप्त गरी विजयी भएका हुन् ।

    उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गरे । स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले दुई सय ८१ मत प्राप्त गरेका छन् ।

    खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका मीनबहादुर थापा छ सय ३८, नेकपा एमालेका मिनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा नेकपा एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा नेकपा एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् ।

    देवघाट–१ मा एमालेको प्यानल विजयी

    तनहुँको देवघाट गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । आज बिहान सार्वजनिक मतपरिणाम अनुसार एमालेले वडाध्यक्ष सहित प्यानल नै जितेको हो ।

    वडाध्यक्षमा नेकपा एमालेका मनिराज गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गरे ।

    खुल्ला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी भए ।

    भिमाद–३ मा एमालेको प्यानल विजयी

    भिमाद नगरपालिका–३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेले वडाध्यक्ष सहित सदस्य जितेको हो ।

    आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार एमालेका पदमबहादुर सेन ठकुरी छ सय ३१ मत प्राप्त गरी विजय भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धनबहादुर थापाले पाँच सय चार मत प्राप्त गरे ।

    महिला वडा सदस्यमा एमालेका उमा कुमालले ५९३, दलित महिला सदस्यमा एमालेकै सुमित्रा विकले पाँच सय ९०, खुल्ला सदस्यमा नारायण आलेले पाँच सय ७७ र बसन्तसिंह ठकुरीले पाँच सय ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    कांग्रेसले जितेका वडाहरु

    भिमाद–१ को अध्यक्षमा काङ्ग्रेसका आले विजयी

    भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका दिपक आले विजयी हुनुभएको छ । आले एक हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

    अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार वडा सदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

    एमालेबाट महिला वडा सदस्यले एक हजार ९६, दलित महिला वडा सदस्यले एक हजार ७८, वडा सदस्यले एक हजार ७२ र एक हजार एक सय दुई मत प्राप्त गरी विजयी हुनुभएको शर्माले जानकारी दिनुभयो ।

    नेपाली काङ्ग्रेसबाट महिला वडा सदस्यले नौ सय ४०, दलित महिला सदस्यले नौ सय ३६, वडा सदस्यले आठ सय ८० र आठ सय ८० मत प्राप्त गर्नुभएको छ ।

    म्याग्दे–२ मा काङ्ग्रेसका क्षेत्री विजयी

    म्याग्दे गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । उहाँ आठ सय ८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

    निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गर्नुभयो । सदस्यमा नेपाली काङ्ग्रेसका रमेश क्षेत्री ८९४, नेकपा एमालेका महेन्दबहादुर रानाभाट ८३५, महिला सदस्यमा नेपाली काङ्ग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा नेपाली काङ्ग्रेसकै कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

    ऋषिङ–२ मा काङ्ग्रेसको प्यानल विजयी

    तनहुँको ऋषिङ गाउँपालिका–२ मा नेपाली काङ्ग्रेसको प्यानल नै विजयी भएको छ । आज बिहान सार्वजनिक मतपरिणाम अनुसार वडाध्यक्ष सहित सदस्यहरु काङ्ग्रेसले जितेको हो ।

    काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवार दलबहादुर थापा चार सय ६१ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले तीन सय ४९ मत प्राप्त गरे ।

    महिला वडा सदस्यमा नेपाली काङ्ग्रेसका पानकुमारी खाँणले चार सय ६७, दलित महिला वडा सदस्यमा जमुना माया दमैले चार सय ४९, सदस्यमा देविनबहादुर शाहीले चार सय ४८ र पहलसिं सारुले चार सय ५५ मत प्राप्त गरेका छन् ।

    घिरिङ–१ मा काङ्ग्रेसको प्यानल विजयी

    घिरिङ गाउँपालिका–१ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार काङ्ग्रेसले वडाध्यक्ष सहित सबै सदस्यहरुमा जित हासिल गरेको छ ।

    वडाध्यक्षमा रविचन्द्र घोरासैनी एक हजार एक सय २८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद ढकालले नौ सय १२ मत प्राप्त गरेका छन् ।

    महिला वडा सदस्यमा काङ्ग्रेसका मिना आलेले एक हजार एक सय नौ, दलित महिला सदस्यमा लक्ष्मी सुनारले एक हजार ९०, खुल्ला सदस्यमा जगतबहादुर कुमालले एक हजार २६ र माधव चन्दले एक हजार ६२ मत प्राप्त गरेका छन् ।

    शुक्लागण्डकी–१ मा काङ्ग्रेसको प्यानल विजयी

    शुक्लागण्डकी नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका रविचन्द्र पौडेल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा दोहोरिएका हुन् । पौडेलले एक हजार एक सय १३ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रघुनाथ पौडेलले आठ सय ४२ मत प्राप्त गरे ।

    खुला वडा सदस्यमा नेपाली काङ्ग्रेसका मोहम्मद जब्बर मियाँ एक हजार ५९, कृष्णबहादुर गुरुङ एक हजार ७९, दलित महिला सदस्यमा विष्णुमाया विश्वकर्मा एक हजार एक सय दश र खुला महिला सदस्यमा लक्ष्मीदेवी भण्डारी एक हजार एक सय तीन मत प्राप्त गरी विजयी भएका छन् ।

    नेकपा माओवादी केन्द्रले जितेका वडाहरु

    आँबु–१ मा माओवादीको प्यानल विजयी

    स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्ष सहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ ।

    वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ आठ सय ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका किसन थापाले चार सय १५ मत प्राप्त गर्नुभयो ।

    सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले सात सय ५२, कुमारबहादुर मगरले सात सय ४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले सात सय ५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले आठ सय आठ मत प्राप्त गरी विजयी हुनुभएको छ ।