देवघाटमा ५३ प्रतिशत मतगणना सकिदा पहिलो पटक गठबन्धनको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा ५३ प्रतिशत मतगणना सकिदा पहिलो पटक गठबन्धनको अग्रता

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, आईतवार

    देवघाट । तनहुँको देवघाट गाउँपालिकामा पहिलो पटक नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेकाले अग्रता लिएका छन् । कूल खसेको ५३ प्रतिशत मतगणना हुँदा गठबन्धनबाट अध्यक्षमा नेपाली काङ्ग्रेसका तिलबहादुर थापाले अग्रता लिएका हुन् ।

    गाउँपालिकामा कूल आठ हजार छ सय ४७ मत खसेको छ । त्यसमध्ये हालसम्म चार हजार छ सय ४५ मत गणना भएको छ । देवघाटमा वडा नम्बर १ र २ को गणना सम्पन्न भइसकेको छ भने अहिले वडा नम्बर ३ र ४ को गणना भइरहेको छ ।

    जसअनुसार अध्यक्षमा काङ्ग्रेसका थापाले दुई हजार दुई सय ४१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दुर्गबहादुर थापाले दुई हजार १८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार सावित्रा न्यौपानेले एक मतले अगाडी हुनुहुन्छ । उहाँले एक हजार नौ सय ७३ मत पाउँदा नेकपा माओवादी केन्द्रका गुरुङले एक हजार ७२ मत प्राप्त गरेका छन् ।