आँबुखैरेनी–२ मा माओवादीको प्यानल विजयी, २९ वर्षे आश बने वडाध्यक्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी–२ मा माओवादीको प्यानल विजयी, २९ वर्षे आश बने वडाध्यक्ष

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, आईतवार

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा नेकपा माओवादी केन्द्रले प्यानल सहित जित हासिल पारेको छ । वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका आशबहादुर गुरुङ विजयी भएका छन्।

    उनले छ सय ६७ मत प्राप्त गरेका छन्। २९ वर्षीय गुरुङ तनहुँमा हालसम्म सार्वजनिक मतपरिणाम अनुसार सबैभन्दा कान्छा वडाध्यक्ष बनेका छन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका सरोज पन्तले चार सय ३५ मत प्राप्त गरेका छन् ।

    महिला सदस्यमा माओवादी केन्द्रका टङ्ककुमारी सिंजाली मगरले सात सय तीन, दलित महिला सदस्यमा सम्झना सुनारले सात सय ११, खुल्ला सदस्यमा कमलबहादुर मगरले छ सय ५८ र बासुदेव थापाले छ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् ।

    आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । अध्यक्षका उम्मेदवार शुक्र चुमानले एक हजार आठ सय ४९ मत प्राप्त गरेका छन् । उपाध्यक्षका उम्मेदवार दुर्गा अर्यालले एक हजार तीन सय ८३ मत प्राप्त गरेका छन ।

    नेपाली काङ्ग्रेसका अध्यक्ष उम्मेदवार गिरबहादुर थापाले सात सय ११ र उपाध्यक्ष उम्मेदवार पवित्रा गौलीले सात सय २० मत प्राप्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष उम्मेदवार ऋषि केसीले पाँच सय ३२ र उपाध्यक्ष उम्मेदवार मिना केसीले आठ सय २५ मत प्राप्त गरे ।

    आँबुखैरेनी गाउँपालिका–१ मा पनि नेकपा माओवादी केन्द्रले प्यानल सहित जित हासिल गरिसकेको छ ।