भानु । भानु नगरपालिका–२ को वडाध्यक्षमा तीन मत अन्तरले नेकपा एमालेका केशवराज त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ६ सय २२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् ।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका नवीनराज दाहालले ६ सय १९ मत प्राप्त गरे । सदस्यमा एमालेकै मीनाकुमारी श्रेष्ठ छ सय ३३ मत प्राप्त गरी विजयी भएकी छन् । महिला सदस्यमा बराबर भएपछि लक्की ड्रबाट उनी विजयी भएकी हुन् ।
दलित महिला सदस्यमा नेपाली काङ्ग्रेसका चनमाया बसेल छ सय ३८, खुल्ला सदस्यमा काङ्ग्रेसकै तुलबहादुर गुरुङ छ सय २४ र विवेक श्रेष्ठ छ सय २९ मत प्राप्त गरी विजयी भएका छन् ।
२०७४ काे निर्वाचनमा भानु-२ नेपाली काङ्ग्रेसले जितेकाे थियाे ।