म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा काङ्ग्रेस विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा काङ्ग्रेस विजयी

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, सोमबार

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ ।

    गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ सात सय १८ मतान्तरले विजयी भएका छन् । श्रेष्ठले चार हजार नौ सय ५० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए। प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मायादेवी रानाले चार हजार दुई सय ३२ मत प्राप्त गरे ।

    उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी विजय भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका रत्नादेवी घिमिरेले चार हजार दुई सय मत प्राप्त गरे । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दाेहाेरिएका हुन् ।

    गाउँपालिकामा कूल १८ हजार एक सय पाँच मतदाता रहेकामा ११ हजार नौ सय ४३ मत खसेको थियो ।

    गाउँपालिकाको अध्यक्षमा विजयी श्रेष्ठ नेकपा एमाले तनहुँका अध्यक्ष समेत हुन्। अध्यक्षमा पराजित राना निवर्तमान गाउँपालिकाका अध्यक्ष हुन् ।

    विसं २०७४ सालको निर्वाचनमा काङ्ग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए ।

    म्याग्देमा नेकपा एमालेले तीन वडा र काङ्ग्रेसले चार वडामा विजय हासिल गरेको छ । म्याग्दे–१, ३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा नेपाली काङ्ग्रेसले जितेको छ ।